नवदुर्गाको चौथो स्वरूप कुष्माण्डाको आराधना गरिँदै

Share this
668shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २८, बुधबार ०६:२२

काठमाडौं । बडादसैँको धार्मिक उल्लास बढ्दै जाँदा नवरात्रको चौथो दिन आज (बुधबार) देशभर नवदुर्गाको चौथो स्वरूप देवी कुष्माण्डाको पूजाआराधना गरिँदै छ । दसैँ घर तथा पूजा कोठामा विधिपूर्वक देवीको आह्वान गरी श्रद्धा र भक्तिपूर्वक पूजाआजा गर्ने परम्परा छ ।

नवरात्रका नौ दिन नौवटा दुर्गाका स्वरूपको पूजा गर्ने शास्त्रीय विधानअनुसार चौथो दिन कुष्माण्डा देवीको आराधना गरिन्छ । धार्मिक मान्यताअनुसार देवी कुष्माण्डाले भक्तजनका आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका ताप तथा कष्ट निवारण गर्ने विश्वास गरिन्छ ।

दुर्गा सप्तशती अर्थात् चण्डीमा देवीको महिमाको वर्णन गरिएको छ । कुष्माण्डा देवीलाई शक्ति, ऊर्जा र सृष्टिसँग जोडेर व्याख्या गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी दसैँ घरमा जमरा राखिएसँगै नौ दिनसम्म चल्ने विशेष पूजाआराधना सुरु भएको हो । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिएको थियो । चौथो दिन कुष्माण्डाको आराधना गरिँदै छ । त्यसपछि क्रमशः स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ ।

नवरात्रभर घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गर्ने चलन छ । नौ दिनसम्म देवीको पूजा आराधना गरेपछि विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाएर दसैँ मनाउने परम्परा छ ।

नवरात्रसँगै देशभरका शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको चहलपहल बढेको छ । काठमाडौं उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी र इन्द्रायणी मन्दिरमा भक्तजन पुग्ने गरेका छन् ।

उपत्यकाबाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी र उग्रतारालगायत शक्तिपीठमा पनि नवरात्रका अवसरमा पूजाआराधना गर्ने परम्परा छ । नवदुर्गाको आराधना, शक्तिपीठको दर्शन र पारिवारिक भेटघाटसँगै नेपाली समाजमा दसैँको धार्मिक तथा सांस्कृतिक रौनक बढ्दै गएको छ ।

तपाइको प्रतिक्रिया
उदयपुरमा ‘सानो दारे’नामको जंगली हात्ती मृत फेला
कांग्रेस युवा खुलातर्फ १५ केन्द्रीय सदस्य निर्वाचित
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, खाना पकाउने ग्यासको मूल्य यथावत्
‘झापामा ग्यास र पेट्रोलियम पदार्थको अभाव छैन’
सडक कतै एकतर्फी खुला, कतै खुलाउने प्रयास जारी
राष्ट्रसंघीय मानवअधिकार परिषद्‍मा १७३ मतसहित नेपाल निर्वाचित
बिहारमा भोज खान जाँदै गरेका बालबालिका चढेको डुंगा गंगामा डुब्यो, १३ जनाको मृत्यु
तेल पूर्वाधार निशानामा, अरामकोको भवनमा मिसाइल प्रहार
सातै प्रदेशबीच आर्थिक सहकार्य बढाउन निजी क्षेत्रको प्रस्ताव, दोहोरो कर हटाउन माग
बिमस्टेक बैठकमा गृहमन्त्रीहरुको भेट, नेपाल–भारत सहकार्यमा जोड
प्रहरी दिवसमा २०६ जनाद्वारा रक्तदान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×