सडक कतै एकतर्फी खुला, कतै खुलाउने प्रयास जारी

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २८, बुधबार ०८:२६

काठमाडौं । बाढी र पहिरोका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लामा मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार केही सडक खण्ड एकतर्फी सञ्चालनमा आए पनि केही पूर्ण रूपमा बन्द छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा असोज १० गते बिहान गएको पहिरोका कारण बेनी–जोमसोम सडक खण्ड एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको छ ।

त्यस्तै, नवलपरासी (पूर्व) को बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरोमा असोज १४ गते गएको पहिरोले कालीगण्डकी करिडोर प्रभावित भएको छ । उक्त सडक खण्ड एकतर्फी सञ्चालनमा रहे पनि साना सवारीसाधन मात्र चल्न सक्ने अवस्था छ। ठूला सवारीसाधनको आवागमन भने बन्द छ ।

यसैगरी, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा वडा नम्बर ९ को नयाँपुल क्षेत्रमा असोज २५ गते बिहान आएको बाढीले सडक तथा पुलमा क्षति पुर्‍याउँदा आवागमन अवरुद्ध भएको छ । बाढीका कारण सोतीमा रहेको फलामे पुल र गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा बन्द भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×