
काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजातितर्फको मतगणना सकिएको छ । आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ ३,२४५ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १,४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत प्राप्त गरेका छन् ।
आदिवासी जनजाति महिलातर्फ ३४ उम्मेदवारमध्ये आठ जना निर्वाचित भएका छन् । निर्वाचित हुनेमा गीता गुरुङ (२,८५९ मत), डा. गङ्गालक्ष्मी अवाल (२,७६८), रेणुका काउछ मगर (२,३९२), सपनाराज भण्डारी जोशी (२,३५१), सीता कुमारी राना मगर (२,१३२), प्रमिला राई (२,०२०), लिलादेवी बोखिम लिम्बू (१,६८१) र पुनम लामा (१,६३६) रहेका छन् । त्यस्तै, पुरुषतर्फ १२ पदका लागि भएको निर्वाचनमा तीर्थ लामा सर्वाधिक ४,४२५ मतसहित निर्वाचित भएका छन् ।
निर्वाचित अन्य उम्मेदवारमा ई. अनुप श्रेष्ठ (२,५५१), डा. प्रेमध्वज लामा (२,५०५), कर्माछिरिङ शेर्पा (२,४०६), टेकप्रसाद गुरुङ (२,०९०), भीम श्रीस मगर (२,०४६), रामकृष्ण चित्रकार (१,९८२), बुद्ध लामा (१,९५६), गेल्जे लामा शेर्पा (१,८१९), वंशलाल तामाङ (१,७५६), अमृत गुरुङ (१,६८९) र सुशील गुरुङ (१,६४४ मत) रहेका छन् । निर्वाचन समितिका अनुसार आदिवासी जनजाति महिलातर्फ आठ र पुरुषतर्फ १२ जना निर्वाचित भएका हुन् ।

























