विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

Share this
632shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २९, बिहीबार ०६:०२
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको नयाँ विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

निर्धारित विनियमदर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५५ पैसा तथा युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ०७ पैसा र बिक्रीदर १७० रुपैयाँ ७४ पैसा छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर २०२ रुपैयाँ ३७ पैसा एवं स्विस फ्र्याङ्क एकको खरिददर १८२ रुपैयाँ ३० पैसा र बिक्रीदर १८३ रुपैयाँ ०२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९५ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३३ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११९ रुपैयाँ एवं जापानी येन १ को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ ।

चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७० पैसा र बिक्रीदर २२ रुपैयाँ ७९ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४६ पैसा र बिक्रीदर ४० रुपैयाँ ६२ पैसा तय गरिएको छ । कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८५ पैसा एवं थाई भाट एकको खरिददर चार रुपैयाँ ५३ पैसा र बिक्रीदर चार रुपैयाँ ५४ पैसा कायम गरिएको छ ।

युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५४ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३७ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११ रुपैयाँ ४२ पैसा एवं स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २५ पैसा र बिक्रीदर १५ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।

डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७५ पैसा र बिक्रीदर २२ रुपैयाँ ८४ पैसा तथा हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १९ रुपैयाँ ४४ पैसा तय गरिएको छ । कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ १० पैसा र बिक्रीदर ४९५ रुपैयाँ ०५ पैसा एवं बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ २० पैसा र बिक्रीदर ४०३ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।

ओमनी रियाल एकको खरिददर ३९४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३९६ रुपैयाँ २३ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
शिक्षा सुधारका लागि सातै प्रदेशमा कार्यशाला, बजेट विनियोजनमा जोड
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
विराटनगरबाट खैरो हेरोइनसहित दुई युवक पक्राउ
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
धरानमा लागुऔषधका मुद्दा सर्वाधिक, तीन वर्षमा ४०६ घटना प्रहरीमा दर्ता
कांग्रेसको दलित सहमहामन्त्रीमा प्रकाश रसाइलीको शानदार जित
डढेलोले दक्षिणपूर्वी एसिया प्रभावित, सिंगापुरमा प्रदूषण उच्च
रास्वपामा टिकटको नयाँ सूत्र : उम्मेदवार छनोटमा ४० प्रतिशतसम्म सदस्यको मत
विभिन्न प्रदेशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
पर्यटक भिसामा मोरङ आएर धर्म प्रचार, २४ कोरियालीलाई तीन वर्ष नेपाल प्रवेशमा रोक
१० राजदूतको बाटो खुल्यो, सुनार अस्वीकृत
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×