काँकडभिट्टा-लौकही सडकको पूर्वी खण्डमा दैनिक ४०० मिटर कालोपत्रे

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २९, बिहीबार १३:५१

विराटनगर । काँकडभिट्टा–लौकही सडक आयोजना अन्तर्गत काँकडभिट्टा–सितापुरी सडक खण्डमा दैनिक औसत ४०० मिटर सडक कालोपत्रे भइरहेको छ । सडक निर्माणले गति लिएसँगै आयोजनाको पूर्वी खण्डको समग्र भौतिक प्रगति करिब ५५ प्रतिशत पुगेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार आयोजनाअन्तर्गत हालसम्म २५ किलोमिटर सडक कालोपत्रे गरी यातायात सञ्चालनमा ल्याइसकिएको छ । बाँकी खण्डमा पनि सडक निर्माण तथा कालोपत्रेको काम भइरहेको छ ।

कुल १० अर्ब ६ करोड रुपैयाँ लागत रहेको काँकडभिट्टा–लौकही सडक आयोजनाको निर्माण कार्य चालु वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना सम्पन्न भएपछि पूर्वी नेपालको सडक यातायात थप सहज हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
मोरङ कारागारमा भित्र्याउन खोजेको ४८० ट्याब्लेट बरामद
दसैँ बिदामा पनि काठमाडौं जिल्ला अदालत खुला रहने
पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्री वाग्लेको आग्रह
काँकडभिट्टा-लौकही सडकको पूर्वी खण्डमा दैनिक ४०० मिटर कालोपत्रे
आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
घटस्थापनायता उपत्यकाबाट २ लाख ६२ हजार जना बाहिरिए
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस
विराटनगरको माटस बोर्डिङ स्कुलमा आगलागी, १० लाख रुपैयाँ बराबरको क्षति
चिकित्सकको सहभागितामा दसैँ–तिहारसहितका पर्वको संयुक्त उत्सव
बूढीगण्डकी बाढीबाट एक हजारभन्दा बढीको उद्धार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×