दसैँ बिदामा राष्ट्रिय मानव अधिकार आयोगका कार्यालय खुला रहने

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २९, बिहीबार १६:३६

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू दसैँ बिदाका दिनमा पनि खुला रहने भएका छन् । मानव अधिकार उल्लङ्घनका घटनासम्बन्धी उजुरी लिन तथा आकस्मिक प्रकृतिका घटनाको अनुगमन गर्न आयोगले बिदाका दिनमा समेत कार्यालय खुला राख्ने व्यवस्था गरेको हो ।

आयोगका कार्यालयहरू दसैँ बिदाका दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन् । यस अवधिमा मानव अधिकार उल्लङ्घनका घटनासम्बन्धी उजुरी दिन तथा आकस्मिक घटनाबारे जानकारी गराउन सम्बन्धित कार्यालयमा सम्पर्क गर्न सकिनेछ। त्यसैगरी, आकस्मिक प्रयोजनका लागि आयोगले तोकेका कार्यालय तथा मोबाइल नम्बरमा समेत सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै दसैँ बिदाका समयमा पनि मानव अधिकारको संरक्षण तथा संवर्द्धनसम्बन्धी कार्यलाई निरन्तरता दिन कार्यालय खुला राख्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×