बाल संसार स्कुलमा टीका, जमरा र दक्षिणासहित दसैँको शुभकामना आदानप्रदान

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २९, बिहीबार १९:२१
बाल संसार स्कुलमा टीका, जमरा र दक्षिणासहित दसैँको शुभकामना आदानप्रदान

विराटनगर । नेपाली संस्कृति, परम्परा र चाडपर्वको महत्वबारे विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले विराटनगरको बाल संसार इंग्लिस बोर्डिङ स्कुलले टीका, जमरा र दक्षिणा प्रदान गर्दै दसैँको शुभकामना आदानप्रदान गरेको छ ।

विद्यालयले किताबी ज्ञानसँगै नेपाली मौलिक संस्कार र परम्पराबारे विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा विद्यार्थीलाई दसैँको टीका, जमरा र दक्षिणा प्रदान गरिएको थियो।
विद्यालयका प्रिन्सिपल खड्ग राईले विद्यार्थीलाई हरेक चाडपर्वको महत्त्व र त्यससँग जोडिएका संस्कारबारे व्यवहारिक ज्ञान दिँदै आएको बताए । उनका अनुसार चाडपर्वका माध्यमबाट नेपाली संस्कृति र परम्पराबारे जानकारी गराउनुका साथै विद्यार्थीमा असल संस्कार विकास गर्न विद्यालयले यस्ता गतिविधिलाई प्राथमिकता दिँदै आएको  छ।

यसैगरी, विद्यार्थीमा सानै उमेरदेखि बचत गर्ने बानीको विकास गराउने उद्देश्यले विद्यालयले खुत्रुकेसमेत वितरण गरेको छ । खुत्रुकेमार्फत नियमित बचत गर्ने बानी बसाल्नुका साथै पैसाको महत्त्व बुझ्न विद्यार्थीलाई सहयोग पुग्ने विद्यालयले अपेक्षा गरेको छ ।

कक्षा ५ सम्म सञ्चालनमा रहेको स्कुलले शैक्षिक ज्ञानसँगै विद्यार्थीको व्यवहारिक सीप, नैतिक संस्कार र जीवनोपयोगी बानीको विकासमा जोड दिँदै आएको छ।

तपाइको प्रतिक्रिया
आईएसएफ फुटबल विश्वकपमा सहभागी हुन नेपाली टोली चीन प्रस्थान गर्दै
आईएसएफ फुटबल विश्वकपमा सहभागी हुन नेपाली टोली चीन प्रस्थान गर्दै
बाल संसार स्कुलमा टीका, जमरा र दक्षिणासहित दसैँको शुभकामना आदानप्रदान
बाल संसार स्कुलमा टीका, जमरा र दक्षिणासहित दसैँको शुभकामना आदानप्रदान
राष्ट्रिय पौडीमा कोशीलाई ५ स्वर्णसहित १० पदक
राष्ट्रिय पौडीमा कोशीलाई ५ स्वर्णसहित १० पदक
उदयपुरमा बस दुर्घटना: एक जनाको मृत्यु, १६ घाइते
उदयपुरमा बस दुर्घटना: एक जनाको मृत्यु, १६ घाइते
राजमार्गका २६ होटलमा अनुगमन:
धादिङ र चितवनका होटेलमा अनुगमन, १४ वटालाई हरियो र १२ वटालाई पहेँलो स्टिकर
उदयपुरमा बस दुर्घटना: एक जनाको मृत्यु, १६ घाइते
विराटनगरमा स्कुल बसमा ठोक्कियो स्कुटर : चालकको मृत्यु, एक जना गम्भीर घाइते
विद्यालयको छत खस्दा २९ जनाको मृत्यु
दसैँ बिदामा राष्ट्रिय मानव अधिकार आयोगका कार्यालय खुला रहने
भदौमा मात्रै २ खर्ब २१ अर्ब रुपैयाँ विप्रेषण भित्रियो
अरुण नदीमा पाँच महिनापछि सञ्चालनमा आयो फेरी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×