रतुवामाईमा गोली चल्यो, साढे तीन क्विन्टल गाँजासहित दुई भारतीय नागरिक पक्राउ

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ३०, शुक्रबार ०७:०६

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरस्थित बक्रा खोला बगरबाट प्रहरीले ठूलो परिमाणको लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली प्रहार गर्दा एक जना घाइते भएका छन् ।

बिहीबार दिउँसो साढे १ बजेको समयमा लुकाइछिपाई राखिएको अवस्थामा ८ वटा सेतो बोरामा रहेको २६४.५९ केजी गाँजा बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको थियो । सोही स्थानमा पुनः लागूऔषधको कारोबार हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको गस्ती टोलीले राति पौने १० बजे केही व्यक्तिहरू गाँजा लिएर भारततर्फ जाँदै गरेको अवस्थामा फेला पारेको हो ।

प्रहरीले नियन्त्रणमा लिन खोज्दा भारततर्फ भाग्न खोजेपछि सुरुमा १ राउन्ड हवाई फायर गरिएको र त्यसपछि पनि नियन्त्रणमा नआएपछि चलाइएको १ राउन्ड गोली लागेर भारतको अररिया जिल्ला जोगबनी बस्ने ३९ वर्षीय प्रमोद चौधरी घाइते भएका छन् । उनको घुडामुनि पिँडुलामा गोली लागेको छ ।

प्रहरीले चौधरीका साथै भारतकै अररिया जिल्ला महगामा ग्राम पञ्चायत थाना ४ बस्ने ५० वर्षीय राजेन्द्र प्रसाद यादवलाई थप १०० केजी गाँजासहित पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
कोशीमा ६९ पूर्वाधार योजनालाई करिब ५ अर्ब
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित (फोटो फिचर)
मधेश प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीद्वारा राजीनामा
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते
दसैँमा पनि खुला रहनेछन् आयल निगमका डिपो, इन्धन अभाव हुन नदिने
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
चट्टानसहितको पहिरोले किमाथांकासम्मको यातायात प्रभावित
अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन विधेयक संसदमा लैजान स्वीकृति
स्वजन रघुवंशीले हासिल गरे नृत्यमा विद्यावारिधि
कांग्रेस सभापति थापाको शपथ शनिबार, अरुको दसैँपछि
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×