अमेरिकामा फुटबल च्यारिटीबाट नेपालका बाढीपीडितका लागि सहयोग

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १, आइतबार

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा आयोजित ‘च्यारिटी कप २०२६’ फुटबल प्रतियोगिताको उपाधि ‘एलए गुराँस’ले जितेको छ। प्रतियोगितामा ‘एलए सुप्रास’ उपविजेता बनेको छ। ‘८८४८ इन्टरटेनमेन्ट एलए’ र आर्टेसिया नेपलिज फुटबल टिमको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ६ टोली सहभागी थिए।

युवालाई स्वस्थ जीवनशैली र सकारात्मक गतिविधिमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताबाट कुल ३ हजार ८०७ दशमलव ५५ अमेरिकी डलर संकलन भएको थियो। खर्च कटाएर बचत भएको १ हजार अमेरिकी डलर नेपालका बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइसकिएको आयोजकले जनाएको छ।

प्रतियोगितापछि पुरस्कार वितरण समारोह तथा रात्रिभोज आयोजना गरिएको थियो। कार्यक्रममा पशुपतिनाथ मन्दिर तथा बुद्ध फाउन्डेसनका अध्यक्ष बिमल श्रेष्ठ, पूर्वअध्यक्ष रामेश्वर भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टी क्यालिफोर्नियाका अध्यक्ष भुवन न्यौरेलगायत सहभागी थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×