
कास्की । कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका ३७ वर्षका कैदी सन्तोष जलारी जिल्ला कारागार शाखा कास्कीबाट फरार भएका छन् ।
अदालतबाट २५ वर्ष कैद सजाय पाएका पोखरा महानगरपालिका–१८ खपौंदी घर भएका जलारी शनिबार राति कारागारबाट फरार भएका हुन् । उनी फरार भएको सूचना आइतबार ७ बजे प्राप्त भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक -एसपी) नवीन कार्कीको कमाण्डमा ३० जना, वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक -डीएसपी) सूर्यबहादुर बोगटीको कमाण्डमा २२ जना तथा सादा पोशाकका प्रहरी टोली परिचालन गरी जलारीको व्यापक खोजी भइरहेको छ ।

























