बेपत्ता तीन जनाको खोजीमा गोताखोर परिचालन

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १, आइतबार

सिन्धुली । सिन्धुलीको सुनकोशी नदीमा सुमो खस्दा तीन महिलाको मृत्यु भएको छ भने बेपत्ता भएका तीन जनाको खोजीका लागि गोताखोरसहितको टोली परिचालन गरिएको छ ।

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो आइतबार बिहान फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल नदीमा खसेको हो । दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् । चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता भएका छन् ।

बेपत्ताको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात जना र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा टोली परिचालन गरिएको छ ।

प्रहरीका अनुसार संयुक्त टोलीले गोताखोरसहित सुनकोसी नदीमा बेपत्ताको खोजी गरिरहेको छ । दुर्घटनाको कारण तथा मृतक र बेपत्ताको पहिचान खुल्न बाँकी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×