कोशीसहित तीन प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Share this
801shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ३, मंगलबार ०६:४८
कोशीसहित तीन प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा कोशीसहित तीन प्रदेशका पहाडी तथा हिमाली भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा पनि आंशिक बदली देखिएको छ। देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज मंगलबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा पनि आंशिक बदली रहने सम्भावना छ। यी प्रदेशका पहाडी भूभाग तथा देशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। सम्भावित मौसमी अवस्थालाई ध्यानमा राख्दै महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
दसैँलाई लक्षित गर्दै कोप्चे–बराह क्षेत्र जेटबोट सेवा पुनः सञ्चालन
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथांका सडक सञ्चालनमा 
नवदुर्गाको अन्तिम स्वरूप सिद्धिदात्रीको पूजा गरिँदै
कोशीसहित तीन प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
कोशीसहित तीन प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजा
 नारायणगढको शहीदचोकमा ट्राफिक लाइटको तार चोरी
हिन्दी चलचित्र ‘उड्ता तिर’ले पाएन नेपालमा प्रदर्शन अनुमति
कोप सम्मेलन : जलवायु न्याय नेपालको प्राथमिकता
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु, १९ गम्भीर घाइते
पूर्वाधारबिनै चिकित्सा शिक्षा सञ्चालनको अनुमति दिएको भन्दै आपत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×