खुकुरी प्रहारबाट उदयपुरमा महिला घाइते, श्रीमान् पक्राउ

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ६, शुक्रबार ०८:१४
सांकेतिक तस्बिर ।

उदयपुर । उदयपुरको बेलका नगरपालिका–३ दुर्गा मन्दिरमा श्रीमानले खुकुरी प्रहार गर्दा एक महिला गम्भीर घाइते भएकी छन् ।

प्रहरीका अनुसार घरायसी विवादका क्रममा बुधबार साँझ करिब ७ बजे ४७ वर्षीय दुर्गाबहादुर राईले मादक पदार्थ सेवन गरी आफ्नी ४५ वर्षीया श्रीमती मनिता राईको घाँटीमा खुकुरी प्रहार गरेका थिए ।

घटनामा घाइते मनितालाई बेलका नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि राति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उनको घाँटीको बायाँ भागमा गहिरो चोट लागेको थियो ।

खुकुरी प्रहार गर्ने दुर्गाबहादुरलाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

प्रहरीका अनुसार घाइते मनिता उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

तपाइको प्रतिक्रिया
पीडा, सपना र आशाको कथा बोकेको ऋचा काफ्लेको नयाँ गीत सार्वजनिक
पीडा, सपना र आशाको कथा बोकेको ऋचा काफ्लेको नयाँ गीत सार्वजनिक
शनिबारका लागि विदेशी मुद्रा विनिमय दर 
शनिबारका लागि विदेशी मुद्रा विनिमय दर 
ढुंगा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै 
नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै 
मोरङ कारागारमा विपश्यना ध्यान: कैदीबन्दीमा सकारात्मक सोच र व्यवहार परिवर्तनको प्रयास
मोरङ कारागारमा विपश्यना ध्यान: कैदीबन्दीमा सकारात्मक सोच र व्यवहार परिवर्तनको प्रयास
दसैँको टीका लगाउने क्रम जारी, मान्यजनबाट आशीर्वाद लिनेको चहलपहल
 
बालिका र युवकलाई दुर्व्यवहार गरेको आरोपमा चार जना पक्राउ
पश्चिमी वायुको आंशिक प्रभाव: हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना
पश्चिमी वायुको आंशिक प्रभाव: हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना
 
चक्कु प्रहारबाट एक जना घाइते, एक जना पक्राउ
तोमनाथ उप्रेतीको ‘अक्षरभित्र चिन्तन’ विमोचित
तोमनाथ उप्रेतीको ‘अक्षरभित्र चिन्तन’ विमोचित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×