दसैँ मनाएर काठमाडौं फर्किने बढे, उपत्यका भित्रिने नाकामा सवारी चाप

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ६, शुक्रबार १६:२५

काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू फर्किन थालेपछि उपत्यका प्रवेश गर्ने प्रमुख नाकाहरूमा सवारीसाधनको चाप बढ्न थालेको छ। दसैँको टीका र आशीर्वाद ग्रहण गरेर फर्किने यात्रुको सङ्ख्या बढेसँगै विभिन्न सडकखण्डमा आवागमन व्यवस्थापन चुनौतीपूर्ण बन्न थालेको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, तीनपिप्ले, भक्तपुरको जगाती, भट्टेडाँडा तथा दक्षिणकाली–फर्पिङलगायतका सडकखण्डमा सवारीसाधनको चाप बढेको छ।

उपत्यका भित्रिने यात्रुको सङ्ख्या बढ्न थालेपछि ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउन र जाम व्यवस्थापन गर्न जनशक्ति परिचालन गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले यात्रुको सहज आवागमन सुनिश्चित गर्न ट्राफिक प्रहरीलाई सक्रिय रूपमा खटाइएको जानकारी दिए।

त्यस्तै, कार्यालयका प्रहरी प्रवक्ता नरेशराज सुवेदीले उपत्यका फर्किने यात्रुको चाप दिनहुँ बढिरहेको बताए। उनका अनुसार सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्नुका साथै सडकमा आवागमन व्यवस्थित बनाउन विभिन्न नाकामा निगरानी बढाइएको छ।

उपत्यकाका प्रमुख प्रवेश नाकाहरूमा दैनिक निजी कार, जिप, मोटरसाइकल तथा साना र ठूला सार्वजनिक सवारीसाधन गरी करिब एक हजार सवारीसाधन आवतजावत गर्ने गरेको कार्यालयले जनाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार यस वर्षको दसैँ मनाउन घटस्थापनादेखि कात्तिक ३ गतेसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत पाँच लाख ७६ हजार ५७८ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए।

दसैँ बिदा सकिँदै जाँदा घर गएका यात्रुहरू उपत्यका फर्किने क्रम बढेको छ। यससँगै प्रमुख राजमार्ग तथा प्रवेश नाकाहरूमा सवारीसाधनको चाप थप बढ्ने देखिएकाले ट्राफिक प्रहरीले सडक अनुशासन पालना गर्न, सावधानीपूर्वक सवारी चलाउन र ट्राफिक प्रहरीको निर्देशनअनुसार यात्रा गर्न चालक तथा यात्रुलाई आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
दसैँ मनाएर काठमाडौं फर्किने बढे, उपत्यका भित्रिने नाकामा सवारी चाप
युरोपमा गर्मीका कारण १५ हजारको मृत्यु
चीनमा ग्लोबल गभर्नेन्स फोरममा सम्बोधन गर्दै विद्यादेवी भण्डारी
आदिनाथ मन्दिरमा एक महिने मेला कात्तिक ९ देखि, दुई लाख भक्तजन आउने अनुमान
नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोड्ने युग सकियो : अर्थमन्त्री वाग्ले
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट खेल्ने
साउदीमा विद्रोहीको आक्रमणप्रति राष्ट्रसंघको चिन्ता
म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा
मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते
कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु
दसैँमा सौराहामा पर्यटकको चहलपहल सुस्त, बाढीको त्रासले व्यवसाय प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×