चक्रवातको प्रभावले बुधबारदेखि वर्षा र हिमपातको सम्भावना

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ७, शनिबार १३:५३

काठमाडौं । मनसुन बाहिरिएपछि वर्षा रोकिएर खुलेको मौसममा फेरि बदली हुने संकेत देखिएको छ । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली शक्तिशाली बन्दै चक्रवाती आँधीमा परिणत हुने पूर्वानुमानसँगै त्यसको प्रभावले बुधबारदेखि नेपालका विभिन्न भागमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने मौसमविद्‌हरूले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागले ‘पोस्ट मनसुन विशेष मौसम बुलेटिन’ सार्वजनिक गर्दै कात्तिक ११ (बुधबार) देखि १५ गतेसम्म मौसम प्रभावित हुन सक्ने उल्लेख गरेको छ । यस अवधिमा वर्षाको जोखिम बढ्न सक्ने भन्दै पाकेको धानबाली जोगाउन र उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्दा सतर्कता अपनाउन मौसमविद्हरूले पनि आग्रह गरेका छन् ।

विभागले शुक्रबार जारी गरेको बुलेटिनमा भनिएको छ, ‘बिहान ५:४५ बजे पूर्वमध्य तथा त्यससँग जोडिएको दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्र विकसित भएको र उक्त न्यून चापीय क्षेत्र क्रमश बलियो हुँदै कात्तिक ९ गते चक्रवात आँधीमा विकसित भई पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिसा तटबाट जमिनको भूभागमा प्रवेश गर्ने सम्भावना रहेको छ ।’

नेपालमा हुन सक्ने वर्षाको मात्र र जोखिमको स्तरबारे अहिले नै यकिन गर्न नसकिए पनि कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भन्दै विभागले सबैलाई सतर्क हुन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×