एनपीएल विजेताले डेढ करोड पाउने, उपविजेतालाई ८० लाख

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ८, आइतबार १७:४३
एनपीएल विजेताले डेढ करोड पाउने, उपविजेतालाई ८० लाख

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको पुरस्कार राशि घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका विजेता तथा उपविजेता टोलीले प्राप्त गर्ने पुरस्कार रकम सार्वजनिक गरेको हो।

क्यानका अनुसार प्रतियोगिताको विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ। यस्तै, उपविजेता टोलीले ८० लाख रुपैयाँ, तेस्रो हुने टोलीले ४० लाख रुपैयाँ र चौथो स्थान हासिल गर्ने टोलीले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

एनपीएलको तेस्रो संस्करण सोमबारदेखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×