देशभरका २९.६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ८, आइतबार २०:११

काठमाडौं । मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी ल्याब) स्थापना भएको छ ।

विसं २०७७ देखि सञ्चालित ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत चार हजार ६०८ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला निर्माण भएको हो ।

शिक्षा तथा खेलकुद मन्त्रालयको वार्षिक प्रतिवेदन, २०८२/०८३ का अनुसार पूर्वाधार विकास र सूचना प्रविधिको विस्तारले शैक्षिक गुणस्तर वृद्धिमा योगदान पुग्दै आएको छ ।

यस्तै वैकल्पिक स्रोतबाट ६९ दशमलव ६ प्रतिशत विद्यालयमा विद्युत् पहुँच पुगेको छ । सामुदायिक विद्यालयमध्ये ८५ दशमलव ४ प्रतिशत विद्यालयमा इन्टरनेट सुविधा पुगेको देखिएको छ ।

पछिल्लो वर्षको तथ्याङ्क अुनसार हाल मुलुकभर ३५ हजार ९५१ विद्यालयमध्ये धार्मिक प्रकृतिकासहित २७ हजार १० सामुदायिक विद्यालय छन् ।

तपाइको प्रतिक्रिया
बिहीबारदेखि मौसम फेरिने, वर्षा र हिमपातको सम्भावना
देशभरका २९.६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला
एनपीएलको तयारी पूरा, सोमबारदेखि खेल
सप्तकोशीमा मोटरबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन जना बेपत्ता
सप्तकोशीमा मोटरबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन जना बेपत्ता
एनपीएल विजेताले डेढ करोड पाउने, उपविजेतालाई ८० लाख
एनपीएल विजेताले डेढ करोड पाउने, उपविजेतालाई ८० लाख
पिजफायर सञ्चालकको मृत्यु प्रकरण : युवतीसँगको सम्बन्ध र आर्थिक हिसाबकिताबमाथि अनुसन्धान
इजरायलद्वारा वेस्ट बैंकका स्थलमार्ग बन्द गर्ने घोषणा
कोजाग्रत पूर्णिमामा राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा
सप्तकोशीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु
कांग्रेसको नीति प्रतिष्ठान अब वरिष्ठ उपसभापतिको नेतृत्वमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×