होटेलमा जुवा तास खेल्ने आठ जना पक्राउ

Share this
808shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ९, सोमबार ०७:४३
होटेलमा जुवा तास खेल्ने आठ जना पक्राउ, साढे ४ लाखभन्दा बढी नगद बरामद
विराटनगर । सुनसरीको इटहरीस्थित एक होटेलमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र सात बुक तास बरामद गरेको हो ।
इटहरी उपमहानगरपालिका–४ स्थित द स्टंन होटेलमा आइतबार साँझमा  जुवा तास खेलिरहेको छ भन्ने गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय इटहरी र वडा प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो ।
प्रहरीले तासको खालबाट नगद र ताससहित आठ जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखेको जनाएको छ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१ का ३७ वर्षीय मोहन घिमिरे र ३९ वर्षीय युवराज मगर रहेका छन्। त्यस्तै, इटहरी–८ का ४२ वर्षीय मनोज राई र ५२ वर्षीय ईश्वर कार्की पक्राउ परेका छन्।
यसैगरी, इटहरी–४ का ४० वर्षीय टीकाराम गेलाल, ४० वर्षीय जीवन अधिकारी, ४३ वर्षीय दुर्गाप्रसाद थापा र ४२ वर्षीय खगेन्द्र लिम्बूलाई पनि प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×