निर्वाचनको मुखमा टिकट बाँड्ने र खोस्ने काम अब हुँदैनः थापा

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ९, सोमबार १६:५४

स्याङ्जा । नेपाली कांग्रेसका सभापति गगन थापाले उम्मेदवार छनोटमा देखिँदै आएको अन्तिम समयको चलखेल अन्त्य गर्ने बताएका छन् । आज (सोमबार) स्याङ्जामा पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै सभापति थापाले आगामी निर्वाचनका लागि डिजिटल मतदान प्रणाली अपनाउँदै तल्लो तहबाटै उम्मेदवार छनोटको प्रक्रिया अघि बढाइने बताएका हुन् ।

उनले आगामी पुस र माघमा डिजिटल मतदानमार्फत उम्मेदवार बन्न योग्य व्यक्तिहरूको प्रारम्भिक सूची तयार गरिने जानकारी दिए । उक्त सूचीका आधारमा विभिन्न तहमा छलफल गरी अन्तिम उम्मेदवार टुंगो लगाइने उनले बताए।

निर्वाचन आउन दुई–पाँच दिन बाँकी हुँदा वा मतदानको केही घण्टाअघि समेत टिकट दिने, खोस्ने र निर्णय फेरबदल गर्ने पुरानो अभ्यास अब स्वीकार्य नहुने उनको भनाइ थियो । उनले भने, ‘पहिलाको जस्तो निर्वाचनको बेलामा दुई दिन, दुई घण्टा अगाडि टिकट लिने, खोस्ने कुनै कुरा हुँदैन। पार्टीको विधानमा व्यवस्था गरेका छौँ । उम्मेदवार चयनको काम कम्तीमा दुईरतीन महिना अगाडि नै टुंग्याउनुपर्छ ।’

उनले उम्मेदवार छनोटसम्बन्धी व्यवस्था पार्टी विधानमै परिवर्तन गरिएको भन्दै त्यसलाई व्यवहारमा लागू गर्दै माथिल्लो तहका नेताको निर्णयमा मात्रै निर्भर हुने प्रणालीको सट्टा तल्लो तहबाटै छनोट प्रक्रिया अघि बढाइने बताए ।

सभापति थापाले पार्टीप्रति गुमेको जनविश्वास पुनःस्थापित गर्न मंसिर महिनालाई जागरण अभियानका रूपमा सञ्चालन गर्नुपर्ने बताए । विगतमा कांग्रेससँग जोडिएका तर अहिले टाढिएका व्यक्ति तथा परिवारसम्म पुगेर सम्बन्ध सुधार्न उनले नेता–कार्यकर्तालाई आग्रह गरे ।

उनले भने, ‘माथि सभापति बदलियो, अनुहार बदलियो भनेर मात्रै हुँदैन। हाम्रो काम गर्ने तरिका पनि बदलिएको छ भन्ने सन्देश तलसम्म पुर्याउनुपर्छ ।’

कांग्रेसले जनताको विश्वास किन गुमायो भन्ने विषयमा पार्टीभित्रै गम्भीर समीक्षा गर्नुपर्ने उनको धारणा थियो । आफ्ना कमजोरी पहिचान गर्नुका साथै बाह्य कारणको समेत विश्लेषण गरेर सुधारका काम अघि बढाउनुपर्ने उनले बताए।

तपाइको प्रतिक्रिया
चक्रवातको जोखिमः मोरङमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
चीनको ग्लोबल गभर्नेन्स फोरममा सहभागी भएर फर्किइन् विद्यादेवी भण्डारी
जापानको राजनीतिमा तीन दशक प्रभाव जमाएका पूर्वप्रधानमन्त्री फुकुदाको निधन
ग्यास बिक्रीमा भ्याट बिल अनिवार्य गर्न आयल निगमको निर्देशन
चक्रवात ‘अर्णव’को प्रभाव कोशीसहित चार प्रदेशमा, बिहीबारदेखि भारी वर्षा र हिमपातको सम्भावना
झापाको एक घरबाट ८ लाख रुपैयाँ बराबरको धनमाल चोरी
सुरु भयो एनपीएल, उद्घाटन खेलमा टस जितेर बलिङ गर्दै लुम्बिनी
निर्वाचनको मुखमा टिकट बाँड्ने र खोस्ने काम अब हुँदैनः थापा
बेलायतका नेपालीले दिए बाढीपीडितका लागि एक करोड
कोशी प्रदेश : पर्यटन वर्षमा करोडौँ खर्च, पर्यटक आगमन भने २२ प्रतिशतले घट्यो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×