मोरङमा रिफाइन आयलको प्लान्टमा आगलागी

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १०, मंगलबार १९:१८

विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ स्थित श्री राम रिफाइन आयल प्रोडक्टको प्लान्टमा आगलागी हुँदा करिब सात लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मंगलबार बिहान १०ः५९ बजेतिर विद्युत् सर्ट भएर आगोको झिल्का झर्दा टिनको छाना भएको गोदाममा आगलागी भएको खुलेको छ । आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी कटहरीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) चन्द्रिकाकुमार श्रेष्ठको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

स्थानीय बासिन्दा, प्लान्टका मजदुर र विराटनगर महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागी भएको करिब ६ घण्टापछि साँझ ५ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।

आगलागीबाट गोदाम तथा गोदामभित्र रहेको पराल, एक हजार लिटर रिफाइन तेल र ५९४ किलोग्राम स्ट्रिप रोल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट करिब सात लाख रुपैयाँ बराबरको क्षति भएको छ । घटनामा कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
इजरायली चुनावमा सत्ताको समीकरण अनिश्चित, नेतान्याहु र आइसेनकोटको समूह बराबरीको अवस्थामा
पाँचथरका दुई जना ब्राउन सुगरसहित काठमाडौंमा पक्राउ
सुनसरीमा गाँजा र प्रतिबन्धित औषधिसहित चार जना पक्राउ
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १४२ रुपैयाँ ४९ पैसा
पहिलो हार बिर्साउँदै जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
तीन दिन भारी वर्षा र हिमपातको जोखिम, सतर्क रहन मौसमविद्को आग्रह
जनकपुरलाई १९ रनले हराउँदै कर्णाली याक्सको विजयी सुरुवात
अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा जोड्न माग
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
अदालतले थुनामा पठाउँदैमा कुरा सकिँदैन, सर्वोच्चले जाँच्न सक्छ
मोरङमा रिफाइन आयलको प्लान्टमा आगलागी
हिमपातको जोखिमले तीन दिन पदयात्रा अनुमति रोकियो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×