बर्कोबाट आगो सल्किँदा ९२ वर्षीया वृद्धाको मृत्यु

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १०, मंगलबार १८:५९

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मुक्तेनमा बर्कोबाट आगो सल्किएर जलेकी ९२ वर्षीया वृद्धाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार स्थानीय पविमाया मगरको आफ्नै घरको आँगनमा रहेको चुल्होमा खोले पकाएर आगो ताप्ने क्रममा शरीरमा ओढेको बर्कोबाट अचानक आगो सल्किएको थियो । आगोले उनको कम्मरभन्दा मुनिको भाग जलेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटना सोमबार साँझ करिब ५ बजे भएको थियो । घटनाको जानकारी मंगलबार बिहान करिब ६ः३० बजे इलाका प्रहरी कार्यालय भेडेटारमा प्राप्त भएको थियो ।

जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । इन्स्पेक्टर पाण्डवकुमार राजवंशीको नेतृत्वमा खटिएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×