सम्भावित मौसमी जोखिमबाट बच्न सतर्क रहन धनकुटा प्रशासनको आग्रह

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ११, बुधबार १२:४७

धनकुटा । बंगालको खाडीमा विकसित चक्रवातको प्रभावले कात्तिक १२ देखि १४ गतेसम्म कोशी प्रदेशका जिल्लामा चट्याङसहित भारी वर्षा र हावाहुरीको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय धनकुटाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

सार्वजनिक सूचनामार्फत प्रशासनले उक्त अवधिमा धान काट्ने तथा खेतीपाती गर्ने काम नगर्न, अत्यावश्यकबाहेक यात्रा नगर्न र जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन अनुरोध गरेको हो ।

प्रशासनका अनुसार बंगालको खाडीमा विकसित चक्रवात थप शक्तिशाली बन्न सक्ने र त्यसको प्रभावले बाढी, पहिरो, डुबान तथा हावाहुरीबाट जनधनको क्षति हुन सक्ने सम्भावना छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनका आधारमा प्रशासनले सम्भावित जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
चोरी आरोपको बदला लिन हत्या, शव बोरामा हालेर खोलामा फालियो
विराटनगर भन्सारको राजस्व असुली लक्ष्यभन्दा बढी, असोजमा १००.२६ प्रतिशत संकलन
मौसमी जोखिम: उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह
तिहार र छठ नजिकिँदै, माटो र बाँसका सामग्रीको व्यापार बढ्यो
चक्रवातको असर नेपालमा फैलिँदै, तीन प्रदेशका हिमाली क्षेत्रमा उच्च जोखिम
सम्भावित मौसमी जोखिमबाट बच्न सतर्क रहन धनकुटा प्रशासनको आग्रह
झापाका विकास आयोजनाबारे सांसदको चासो
नागरिकताको प्रतिलिपि अब जुनसुकै जिल्लाबाट लिन सकिने
भोजपुरको बारीबाट हराउँदै रैथाने कोदो: दुःख धेरै, आम्दानी थोरै
तेह्रथुममा घट्दै कोदो खेती, बढ्दै नगदेबालीको आकर्षण
कांग्रेस जिल्ला र प्रदेश अधिवेशन मंसिरमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×