नागढुंगा सुरुङमार्ग प्रयोग गर्दा अब शुल्क लाग्ने

Share this
784shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १२, बिहीबार ०९:५७

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन सुरु हुने भएको छ । सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय र नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार यो शुल्क लागू गर्न लागिएको हो । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै शुल्कको दर सार्वजनिक गरेको छ ।

आयोजनाले सवारीसाधनलाई चार वर्गमा विभाजन गरी काठमाडौं प्रवेश र प्रस्थानका लागि फरक-फरक शुल्क निर्धारण गरेको छ । जसअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर र माइक्रो बसजस्ता हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र प्रस्थान गर्दा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

मिनी बस र मिनी टिपर-ट्रकका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र प्रस्थान गर्दा ८० रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै, बस र सिंगल रियर एक्सल भएका ट्रकका लागि प्रवेश शुल्क २६० रुपैयाँ र प्रस्थान शुल्क २०० रुपैयाँ कायम गरिएको छ । सबैभन्दा बढी शुल्क मल्टी एक्सल ट्रक र भारी उपकरणका लागि तोकिएको छ । यस्ता सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र प्रस्थान गर्दा २५० रुपैयाँ शुल्क तिर्नुपर्ने आयोजनाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×