
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले १५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन् ।
सभापति थापाले भने यसअघि नै असोज ३१ गते पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएसँगै कांग्रेसको नयाँ नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने प्रक्रिया अघि बढेको छ ।



















