६ वटा निर्माण कम्पनी कालो सूचीमा

Share this
801shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १३, शुक्रबार १०:३५

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ६ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको उक्त निकायले आज एक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।

विभिन्न सरकारी निकायहरूबाट प्राप्त सिफारिसका आधारमा ती कम्पनीहरूलाई कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम जिम्मेवारीमा रहेका कामहरू समयमै सम्पन्न नगर्ने कम्पनीहरूलाई कारबाही गरिएको हो ।

कालो सूचीमा परेका निर्माण कम्पनीहरूले अब १ वर्षदेखि ३ वर्षसम्मको अवधिमा कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.