इटहरीमा गुन्जिनेछन्, चर्चित गायक आतिफ अस्लम

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १४, शनिबार १७:१२

विराटनगर । नेपाली सांगीतिक इतिहासमा काठमाडौं उपत्यका बाहिर पहिलो पटक विश्व चर्चित गायक आतिफ अस्लमको भव्य लाइभ कन्सर्ट आयोजना हुने भएको छ । ‘इस्टर्न इकोज’ नाम दिइएको यस ऐतिहासिक सांगीतिक कार्यक्रम आगामी पुस ४ गते सुनसरीको इटहरी रंगशालामा आयोजना हुन लागेको हो ।

कार्यक्रमको आयोजना जय मिडिया म्यानेजमेन्टले गर्न लागेको हो । संस्थाकातर्फबाट जयराज रायले दिएका जानकारीअनुसार काठमाडौं केन्द्रित ठूला अन्तर्राष्ट्रिय कार्यक्रमलाई मोफसलमा पनि सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिन यो कन्सर्ट इटहरीमा आयोजना गर्न लागिएको हो ।

कन्सर्टमा गायक आतिफ अस्लमले आफ्ना चर्चित गीतहरू प्रत्यक्ष (लाइभ) प्रस्तुत गर्नेछन् । पूर्व क्षेत्रमा हुन लागेको यस बृहत् कन्सर्टले नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा समेत ठूलो टेवा पुर्‍याउने विश्वास गरिएको छ ।

सीमावर्ती भारतीय सहरहरू नजिक रहेकाले छिमेकी मुलुक भारतबाट मात्रै ८ देखि १० हजारको संख्यामा दर्शकहरू कन्सर्ट हेर्न इटहरी आउने आयोजकको अपेक्षा छ । यसले इटहरी तथा आसपासका क्षेत्रको होटेल, व्यवसाय र समग्र पर्यटन क्षेत्रलाई चलायमान बनाउने आयोजक रायले बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.