झापाका प्रहरी निरीक्षक भट्टराई असोज महिनाको उत्कृष्ट प्रहरी घोषित

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १४, शनिबार १७:२३

झापा । अपराध अनुसन्धानदेखि फरार प्रतिवादी पक्राउसम्मका काममा सक्रिय भूमिका निर्वाह गरेको मूल्यांकन गर्दै जिल्ला प्रहरी कार्यालय झापाले प्रहरी निरीक्षक दुर्गाबहादुर भट्टराईलाई असोज महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापा तथा मातहतका प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीमध्ये भट्टराईको कार्यसम्पादन उत्कृष्ट ठहरिएपछि उनलाई ‘पुलिस अफ द मन्थ’ अर्थात् महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको हो।

उच्च व्यावसायिकता, लगनशीलता, साहस र कर्तव्यनिष्ठका साथ जिम्मेवारी निर्वाह गरेको भन्दै उनलाई सम्मान प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरी निरीक्षक भट्टराईले आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न तथा अनुसन्धानलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। हराएका तथा बेपत्ता भएका व्यक्तिको खोजी, अपहरण तथा शरीर बन्धकसम्बन्धी घटनाको अनुसन्धान र लागुऔषध नियन्त्रणमा समेत उनी सक्रिय रहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.