सुनको मूल्य तोलामा ३ हजारले घट्यो, चाँदी पनि सस्तियो

Share this
649shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १३, शुक्रबार १०:४६
सुनको मूल्य तोलामा ३ हजारले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार घटेर २ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ । बिहीबार ३ हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ३ हजार ८२५ रुपैयाँमा झरेको छ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.