कान्ति लोकमार्गमा राति सवारी निषेध

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १३, शुक्रबार १७:१८

काठमाडौं । वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि कान्ति लोकमार्गमा दुई दिन रात्रीकालीन सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै आज र भोलि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सडकमा सवारी सञ्चालन गर्न रोक लगाएको हो ।

लगातारको वर्षाले जिल्लाका विभिन्न सडकखण्डमा बाढी, पहिरो र सडक कटानको जोखिम बढाएको प्रशासनले जनाएको छ । विशेष गरी पहाडी क्षेत्रका सडकमा रातिको समयमा पहिरो खस्ने तथा बाढीका कारण सडक अवरुद्ध हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै आवागमन बन्द गर्ने निर्णय गरिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जानकारी दिए ।

सम्भावित विपदबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति रोक्न यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ । प्रशासनले तोकिएको समयमा कान्ति लोकमार्गमा सवारी नचलाउन यातायात व्यवसायी तथा यात्रुलाई आग्रह गरेको छ। मौसमको अवस्था र सडकको जोखिम मूल्याङ्कन गरेर मात्रै यात्रा गर्न तथा प्रशासनका आगामी सूचनाको पालना गर्न पनि अनुरोध गरिएको छ ।

तपाइको प्रतिक्रिया
किसानको उत्पादन बजार पुर्‍याउन सिधुवा-जितपुर सडक कालोपत्रे हुँदै
मोरङमा २५ लाख मूल्यका अवैध सयपत्री फूलका माला बरामद
मधेशका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड
झापाका प्रहरी निरीक्षक भट्टराई असोज महिनाको उत्कृष्ट प्रहरी घोषित
इटहरीमा गुन्जिनेछन्, चर्चित गायक आतिफ अस्लम
२५ औँ सत्याग्रहको तेस्रो दिनमै डा. केसीको स्वास्थ्य कमजोर, उपचार टोली तयारी अवस्थामा
घाम लागेसँगै सुदूरपश्चिम र विराटनगरको खेल हुने सम्भावना बढ्यो
पर्यटन प्रवर्द्धन गर्न कन्टेन्ट क्रिएटरलाई प्रायोजित भ्रमण
बारामा थुनिएका इन्स्पेक्टरसहित ३८ कर्मचारीको उद्धार
लुम्बिनी र चितवन बीचको खेल स्थगित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.