पर्यटन प्रवर्द्धन गर्न कन्टेन्ट क्रिएटरलाई प्रायोजित भ्रमण

Share this
633shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १४, शनिबार १५:२७

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले कन्टेन्ट क्रिएटरहरूलाई आह्वान गरेको छ । बोर्डले नेपालको प्राकृतिक सुन्दरता, ओझेलमा परेका पर्यटकीय गन्तव्य, विविध संस्कृति, मौलिक परम्परा र साहसिक पर्यटनका अनुभवलाई तस्बिर, भिडियो तथा सिर्जनात्मक कथामार्फत विश्वसामु प्रस्तुत गर्न क्रिएटरहरूलाई आग्रह गरेको हो ।

यस पहलअन्तर्गत छनोटमा पर्ने कन्टेन्ट क्रिएटरलाई नेपालका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमणका लागि प्रायोजन गरिनेछ । उनीहरूले भ्रमणका क्रममा तयार पारेका सामग्रीमार्फत नेपालको पर्यटन सम्भावना र आकर्षणलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने अपेक्षा गरिएको छ ।

नेपालका चर्चित पर्यटकीय क्षेत्रसँगै कम प्रचारप्रसार भएका गन्तव्य, स्थानीय संस्कृति, परम्परा र साहसिक गतिविधिलाई डिजिटल माध्यमबाट प्रवर्द्धन गर्ने उद्देश्यले यो पहल अघि बढाइएको हो।

सरकारले कन्टेन्ट क्रिएसनलाई व्यावसायिक उद्योगका रूपमा विकास गर्ने दृष्टिकोणसमेत अघि सारेको छ। पर्यटन प्रवर्द्धनमा डिजिटल सामग्री र सामाजिक सञ्जालको बढ्दो प्रभावलाई उपयोग गर्दै यस क्षेत्रलाई व्यावसायिक अवसरका रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ। इच्छुक कन्टेन्ट क्रिएटरले आफ्नो विवरण [email protected] मा पठाउन सक्नेछन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.