सोलुखुम्बुमा दुई वटा हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १७, मंगलबार ०९:२५

काठमाडौं । सोलुखुम्बुमा मंगलबार बिहान हेलिकोप्टर दुर्घटना भएको छ । सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुई हेलिकोप्टर अवतरण गर्ने क्रममा पङ्खा ठोकिएर दुर्घटना भएको जनाइएको छ ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरका अनुसार एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकोप्टर एक आपसमा ठोक्किँदा एक विदेशीको अन्दस्पट मृत्यु भएको हो ।

मृतक कुन देशका नागरिक हुन् भन्ने खुल्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी थापा मगरले जानकारी दिए ।

दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको प्रभु ऐयरको हेलिकोप्टरबाट उद्धार गरी लुक्लामा रहेको अस्पतालमा पुर्‍याइएको छ ।

तपाइको प्रतिक्रिया
हेलिकोप्टर दुर्घटना छानबिन गर्न समिति
मोरङमा सहकारीको कोल्ड स्टोरमा तस्करीको माला, सशस्त्रद्वारा बरामद
अनशनरत डा. केसीसँग वार्ता गर्न समिति गठन
पुनर्बीमा कम्पनीको उछालले धान्यो नेप्सेको सामान्य वृद्धि
बीपी प्रतिष्ठानको ४८औँ सञ्चालक परिषद् सभा सम्पन्न
मनोजकुमार केसीको प्रहरी यात्रा : नक्कली भुटानी शरणार्थी प्रकरणदेखि आईजीपीसम्म
आईजीपी प्रकरणमा रास्वपाको हस्तक्षेप रहेको सरकारको स्वीकारोक्ति
कानुनको शासन नै सुशासनको आधारः राष्ट्रपति पौडेल
स्थानीय तह र प्रदेशबाटै सामूहिक स्वास्थ्य बीमा
बर्खास्तीको निर्णयविरुद्ध कानुनी उपचार खोज्दै दानबहादुर कार्की
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.