२१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १७, मंगलबार १०:५०
बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल

काठमाडौं । सरकारले मंगलबार र बुधबार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ ।

अभियानअन्तर्गत छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ ।

स्वास्थ्य सेवा विभागका अनुसार यस अभियानमा करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाखलाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ । कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

बालबालिकामा कुपोषण तथा स्वास्थ्य जटिलताको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले हरेक वर्ष कात्तिक र वैशाखमा यस्तो अभियान सञ्चालन गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.