
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मंगलबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो ।
यसअघि असोज ३० गते मन्त्रिपरिषद् बैठक बसेको थियो । त्यसयता आज बैठक बस्न लागेको हो । बैठकका एजेन्डा भने सार्वजनिक गरिएको छैन ।

























