
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ ।
बिहीबार प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ५ हजार ९०० रुपैयाँले घटेर २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ ।
आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४२ हजार ६२५ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेको छ । बिहीबारको तुलनामा घटेर शुक्रबार चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको मूल्य ३ हजार २६७ रुपैयाँ तोकिएको छ ।

























