
चितवन । चितवनको राप्ती नगरपालिका-५ सिपडाँडामा बोलेरो जीप दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार अपराह्न साढे ४ बजे भण्डाराबाट थाकलटारतर्फ जाँदै गरेको बा.प्र.०१–०३५ च २८८६ नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटना भएको हो ।
सिपडाँडास्थित भित्री सडकबाट करिब ५० मिटर तल खोल्सामा खसेर जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । घाइतेहरूको अवस्था मध्यम रहेको र नाम तथा ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

























