
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
आइतबार बिहान ५ बजे सडक माथिबाट सुक्खा पहिरो खस्दा राजमार्गको दुवैतर्फको यातायात पूर्ण रूपमा अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ।
पहिरोका कारण सवारीसाधनको आवागमन ठप्प भएको छ। पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
राजमार्ग अवरुद्ध भएपछि उक्त सडक खण्ड हुँदै यात्रा गर्ने सवारीसाधन तथा यात्रु प्रभावित भएका छन्।



















