प्रधानमन्त्री बालेनले सार्वजनिक गरे ‘लुसिफर’ शैलीको तस्बिर

Share this
646shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २३, सोमबार १७:०६

काठमाडौं । प्रधानमन्त्री बालेन साहले आफूलाई ‘लुसिफर’ भन्दै सामाजिक सञ्जालमा एउटा तस्बिर सार्वजनिक गरेका छन् । सोमबार दिउँसो सार्वजनिक गरेको तस्बिरमा प्रधानमन्त्री साह कालो पहिरन, कालो चस्मा र लामो दाह्रीमा देखिएका छन् । उनले एक हातले आफ्नो कपाल समातेको तस्बिरमा उनको शैली अन्य बेलाको भन्दा फरक देखिन्छ ।

तस्बिरसँगै उनले अमेरिकी र्‍यापर ‘जे-जी’को नामसमेत उल्लेख गरेका छन् । जे-जीको ‘लुसिफर’ शीर्षकको गीत पनि छ । ‘लुसिफर’ शब्दले शैतान वा विद्रोही चरित्रलाई जनाउने गर्छ ।

प्रधानमन्त्री साहले यो शब्द कुन सन्दर्भमा प्रयोग गरेका हुन् भन्नेबारे भने थप केही खुलाएका छैनन् । उनका विरोधीहरूले यसअघि उनलाई ‘लुसिफर’ भन्दै आलोचना गर्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.