
विराटनगर । मोरङको पथरीशनिश्चरेमा माछा मार्ने क्रममा पोखरीमा डुबेर सोमबार दिउँसो एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पथरीशनिश्चरे नगरपालिका–५ महुलीबारीका २७ वर्षीय माराङ किस्कु रहेका छन् । प्रहरीका अनुसार दिउँसो करिब १ः३० बजेतिर स्थानीय डिकबहादुर कार्कीको माछापालन गर्ने पोखरीमा साथीहरूसँग माछा मार्ने क्रममा माराङ डुबेका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई पोस्टमार्टमका लागि मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर मंगलबारे पठाइएको प्रहरीले जनाएको छ ।



















