६ सयभन्दा बढी गाईको सामूहिक पूजा

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २३, सोमबार १९:१९

दाङ । यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालामा रहेका ६ सय भन्दा बढी गाईको सामूहिक पूजा गरिएको छ । योगी आदित्यनाथ फाउन्डेसनद्वारा सञ्चालित गौशालामा सोमबार स्थानीयलगायतको सहभागितामा गाईको पूजा गरिएको हो ।

फाउन्डेसनका अध्यक्ष भोलानाथ योगीका अनुसार प्रत्येक वर्ष गाई तिहारका दिन गौशालामै सामूहिक रूपमा गाईपूजा गर्ने गरिएको छ । सोही परम्पराअनुसार यस वर्ष पनि पूजा गरिएको उनले बताए । गाईपूजासँगै लक्ष्मीको हवनसमेत गरिएको थियो ।

पूजाका अवसरमा विभिन्न दाताले गाईका लागि खाद्यान्नसमेत उपलब्ध गराएका थिए । विश्वविद्यालयको जग्गा भाडामा लिएर सञ्चालन गरिएको गौशालामा गाईगोरुको आहार व्यवस्थापन मुख्य चुनौती बनेको अध्यक्ष योगीले बताए ।

गौशाला सञ्चालनका लागि नियमित रूपमा आवश्यक पर्ने आहार जुटाउन कठिनाइ हुने गरेको भन्दै उनले विभिन्न दाताको सहयोगबाटै गौशाला सञ्चालन भइरहेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.