चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।
मंगलबार राति करिब ११ः१० बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको हो। पहिरोका कारण राजमार्गको दुवैतर्फ सवारीसाधन आवागमन रोकिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अवरुद्ध सडक खुलाउन पहिरो पन्छाउने काम भइरहेको छ। पहिरो हटाएपछि मात्रै यातायात सेवा पुनः सञ्चालनमा आउने प्रहरीले जनाएको छ।
सोमबार बिहानका राति करिब १ बजे खसेको पहिरो पन्छाएर सोमबार दिउँसो १ः३० बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको थियो ।