प्रतीकात्मक तस्बिरहेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन् ।
गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत करिब ३६ वर्षीय अर्जुन गुरुङ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।
उनका अनुसार गुरुङ सोमबार बिहान करिब ४:३० बजे ओमनगरस्थित एक घरनजिक मृत अवस्थामा फेला परेका हुन् । बिहान हिँड्न निस्किएका एक व्यक्तिले उनलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलबाट सुसाइड नोटसमेत फेला परेको प्रहरी उपरीक्षक खत्रीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























