
एजेन्सी । विश्वकै प्रमुख चिप निर्माता कम्पनी एनभिडियाका सीईओ जेन्सन हुआंगको व्यक्तिगत सम्बन्धलाई लिएर विभिन्न दाबी सार्वजनिक भएका छन्। ‘द न्युयोर्क टाइम्स’को रिपोर्टअनुसार, एलिस हुआंग नामकी चिनियाँ महिलासँगै कम्पनीकी वरिष्ठ अधिकारी किम्बर्ली पावेलसँग पनि उनको सम्बन्ध रहेको दाबी गरिएको छ।
यस प्रकरणले कम्पनीको बजार मूल्यमा असर पारेको र बजार पुँजीकरण ५०० अर्ब अमेरिकी डलरभन्दा बढीले घटेको दाबी गरिएको छ। साथै, हुआंगलाई सीईओ पदबाट हटाउने तयारी भइरहेको र उनको उत्तराधिकारीका रूपमा आठ वरिष्ठ अधिकारीको नाम चर्चामा रहेको विवरण सार्वजनिक भएको छ।
यता, हुआंग र उनकी पत्नी लोरीबीच सम्बन्धविच्छेद हुन सक्ने अड्कलबाजी पनि सुरु भएको छ। यस्तो भएमा लोरीले करिब ८० अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति पाउन सक्ने अनुमान गरिएको छ। सन् १९८५ मा विवाह गरेका उनीहरूका दुई सन्तान छन्। यद्यपि, यी दाबीबारे सम्बन्धित पक्षबाट आधिकारिक पुष्टि भएको छैन।

























