ट्रम्प, पुटिन र सीबीच चीनमा त्रिपक्षीय वार्ता हुने

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २८, शनिबार १४:५५

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच अर्को साता चीनमा त्रिपक्षीय भेटवार्ता हुने भएको छ । ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले तीन देशका राष्ट्रप्रमुखबीच चीनको दक्षिणी सहर सेन्जेनमा हुने एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा भेटवार्ता हुने जानकारी दिएकी हुन् ।

उनका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले भेटवार्तामा विश्वमा आणविक हतियारको संख्या घटाउने विषयलाई प्राथमिकताका साथ उठाउनेछन् । आणविक हतियारको विस्तार विश्वका लागि अत्यन्त खतरनाक रहेको ट्रम्पको धारणा रहेको उनले बताइन् ।

विश्वका तीन ठूला आणविक शक्ति राष्ट्रका नेताबीच हुने छलफलमा इरानको विषय पनि उठ्न सक्ने बताइएको छ । यद्यपि, युक्रेन युद्धको विषय भने छलफलमा समावेश नहुने बुझिएको छ । यसबारे रुस र चीनले औपचारिक प्रतिक्रिया दिएका छैनन् । समाचार संस्था एसोसिएटेड प्रेस (एपी) र रोयटर्सका अनुसार अमेरिकी अधिकारीहरूले भेटवार्तापछि तत्काल कुनै सम्झौता हुने अपेक्षा नरहेको बताएका छन् ।

ट्रम्प बुधबार राति सेन्जेन पुग्नेछन् । २१ सदस्य राष्ट्र सहभागी एपेक शिखर सम्मेलन दुई दिनसम्म चल्नेछ । उनले बिहीबार चिनियाँ राष्ट्रपति सीसँग छुट्टै द्विपक्षीय वार्ता पनि गर्ने कार्यक्रम छ । सन् २०२५ मा पुनः राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि ट्रम्प र सीबीच हुन लागेको यो चौथो भेट हुनेछ ।

ह्वाइट हाउसकी प्रवक्ता वेल्सका अनुसार चीन भ्रमणको अन्तिम चरणमा अमेरिका, चीन र रुसका राष्ट्रपतिबीच त्रिपक्षीय बैठक हुनेछ । ट्रम्पले मंगलबार फिलिपिन्समा हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) शिखर सम्मेलनमा पनि सहभागी हुनेछन् । उनको भ्रमणले अमेरिकी नागरिकका लागि ऐतिहासिक उपलब्धि हासिल गर्नुका साथै हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकाको हित अघि बढाउने ह्वाइट हाउसको दाबी छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनी क्वालिफायरमा, लिग चरणबाटै बाहिरियो विराटनगर
छठ : सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाउन प्रहरी महानिरीक्षकको निर्देशन
शिवसताक्षीमा कारको ठक्करले मोटरसाइकल चालकको मृत्यु
 
कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
फिल्मको दृश्यमा पक्राउ, फेसबुकमा हर्कको प्रश्न !
एन्फाको अर्ली इलेक्सन गर्ने निर्णय बदर, नियमित निर्वाचन प्रक्रिया अघि बढाउने
‘मधेशमा परिवर्तनको अनुभूति नभए अर्को पटक भोट माग्न आउँदिनँ’
एनपीएलमा लुम्बिनीले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो
सलमानको ‘मातृभूमि’ : चर्चामा नेपाली अभिनेता अनुपविक्रम शाही
मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु, दाबी पेस गर्न आह्वान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.