भारतसँग नेपाल यू-१९ महिला टोली पराजित

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २८, शनिबार १५:३७

काठमाडौं । भारतको बेंगलुरुमा जारी यू-१९ महिला त्रिकोणात्मक टी-२० सिरिजमा नेपाली टोलीले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा नेपाल भारत ‘ए’सँग १२५ रनले पराजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारत ‘ए’ले निर्धारित २० ओभरमा २०५ रन बनाएको थियो । भारतीय टोलीका ब्याटरहरूले आक्रामक प्रदर्शन गर्दै नेपालसामु २०६ रनको लक्ष्य प्रस्तुत गरेका थिए । जवाफमा नेपाली टोलीले अपेक्षित ब्याटिङ गर्न सकेन । नेपालले सय रनको आँकडासमेत पार गर्न नसक्दा ठूलो अन्तरको हार बेहोर्नुपर्‍यो ।

यसअघि प्रतियोगिताको पहिलो खेलमा पनि नेपाल भारत ‘बी’सँग नौ विकेटले पराजित भएको थियो । पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा आठ विकेट गुमाएर ४९ रन मात्रै बनाएको थियो । भारत ‘बी’ले पाँच ओभरमै एक विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

चीनमा सम्पन्न बेल्ट एन्ड रोड यू-१९ महिला टी-२० सिरिजमा अपराजित रहँदै उपाधि जितेको नेपाली टोलीका लागि भारतको सिरिज भने चुनौतीपूर्ण बनेको छ । चीनमा नेपालले चार खेल जितेको थियो भने दुई खेल वर्षाका कारण नतिजाविहीन भएका थिए ।

भारतको सिरिजमा नेपालले घरेलु टोलीका यू-१९ ‘ए’ र ‘बी’ टोलीसँग प्रतिस्पर्धा गरिरहेको छ । आगामी वर्ष नेपाल र बंगलादेशमा संयुक्त रूपमा आयोजना हुने आईसीसी यू-१९ महिला टी-२० विश्वकपको तयारीका रूपमा यो सिरिजलाई हेरिएको छ । विश्वकपअघि बलिया टोलीसँग खेल्ने अवसरले नेपाली खेलाडीलाई आफ्नो क्षमता परीक्षण गर्ने र कमजोरी सुधार्ने मौका दिनेछ ।

तपाइको प्रतिक्रिया
लुम्बिनी क्वालिफायरमा, लिग चरणबाटै बाहिरियो विराटनगर
छठ : सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाउन प्रहरी महानिरीक्षकको निर्देशन
शिवसताक्षीमा कारको ठक्करले मोटरसाइकल चालकको मृत्यु
 
कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
फिल्मको दृश्यमा पक्राउ, फेसबुकमा हर्कको प्रश्न !
एन्फाको अर्ली इलेक्सन गर्ने निर्णय बदर, नियमित निर्वाचन प्रक्रिया अघि बढाउने
‘मधेशमा परिवर्तनको अनुभूति नभए अर्को पटक भोट माग्न आउँदिनँ’
एनपीएलमा लुम्बिनीले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो
सलमानको ‘मातृभूमि’ : चर्चामा नेपाली अभिनेता अनुपविक्रम शाही
मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु, दाबी पेस गर्न आह्वान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.