कांग्रेसका लागि ज्यान दिन तयार छु : देउवा

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २८, शनिबार १६:२५

ललितपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई पाँच पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिनसमेत तयार रहेको बताएका छन् ।

देउवा समूहको ललितपुर जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई पाँच पटक प्रधानमन्त्री बनाउने कांग्रेसप्रति जीवनभर ऋणी रहने बताए ।

‘पाँच पटक प्रधानमन्त्री भइसकेँ, मलाई अब केही हुनु छैन । जुन पार्टीले मलाई पाँच पटक प्रधानमन्त्री बनायो, त्यो पार्टीका लागि ज्यान दिन पनि तयार हुनुपर्छ’, देउवाले भने ।

कांग्रेस नेपाली जनताले बनाएको पार्टी भएकाले जनताका प्रतिनिधिबाहेक कसैले पनि पार्टीलाई आफ्नो नियन्त्रणमा लिन नसक्ने उनको भनाइ थियो । ‘नेपाली कांग्रेस नेपाली जनताले बनाएको पार्टी हो । नेपाली जनताको पार्टी हो । जनताका प्रतिनिधिबाहेक कसैले हाइज्याक गर्न सक्दैन’, उनले भने ।

पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा आफूले न्याय पाएको स्मरण गर्दै देउवाले अदालतप्रति आफ्नो विश्वास रहेको बताए । आफूविरुद्ध १८ करोड रुपैयाँसम्बन्धी विषय उठाइएको उल्लेख गर्दै उनले अदालतबाट निष्पक्ष न्याय पाउनेमा विश्वस्त रहेको बताए । ‘अदालतमा मेरो विश्वास छ । १८ करोडको कुरा आएको छ । अदालतले निष्पक्ष न्याय दिनेमा विश्वस्त छु’, उनले भने ।

देउवाले २०८२ भदौ २३ र २४ गतेका घटनालाई षड्यन्त्रको संज्ञा दिँदै त्यसक्रममा लोकतन्त्रका लागि संघर्ष गरेका नेताका सन्तानका घर र आश्रमसमेत छानीछानी जलाइएको दाबी गरे । कांग्रेसका संस्थापक नेताका सन्तानहरू आफूहरूसँगै रहेको उल्लेख गर्दै उनले सुवर्णशमशेरका सन्तानसँग पनि संवाद गर्ने बताए । बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरू आफूहरूसँग रहेको तथा किशुनजीले विवाह नगरेको उनको भनाइ थियो ।

‘पार्टीका लागि पसिना बगाएका नेताहरूका सन्तानहरू हामीसँगै हुनुहुन्छ । सुवर्णशमशेरका छोरा हुनुहुन्न । नातिहरू भोलि आउन सक्छन्, म कुरा गर्छु’, देउवाले भने ।

तपाइको प्रतिक्रिया
लुम्बिनी क्वालिफायरमा, लिग चरणबाटै बाहिरियो विराटनगर
छठ : सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाउन प्रहरी महानिरीक्षकको निर्देशन
शिवसताक्षीमा कारको ठक्करले मोटरसाइकल चालकको मृत्यु
 
कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
फिल्मको दृश्यमा पक्राउ, फेसबुकमा हर्कको प्रश्न !
एन्फाको अर्ली इलेक्सन गर्ने निर्णय बदर, नियमित निर्वाचन प्रक्रिया अघि बढाउने
‘मधेशमा परिवर्तनको अनुभूति नभए अर्को पटक भोट माग्न आउँदिनँ’
एनपीएलमा लुम्बिनीले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो
सलमानको ‘मातृभूमि’ : चर्चामा नेपाली अभिनेता अनुपविक्रम शाही
मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु, दाबी पेस गर्न आह्वान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.