एन्फाको अर्ली इलेक्सन गर्ने निर्णय बदर, नियमित निर्वाचन प्रक्रिया अघि बढाउने

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २८, शनिबार १७:२९

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले संघको विधानअनुसार नियमित निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । एन्फा मुख्यालय सातदोबाटोमा शनिबार बसेको बहुमत सदस्यको बैठकले १६ पुसमा गरिएको अर्ली इलेक्सन गर्ने निर्णय बदर गरेको हो ।

बैठकले विधानमा व्यवस्था भएबमोजिम नियमित निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको एन्फाका निमित्त महासचिव दामोदर भट्टराईले जानकारी दिए । निर्वाचन प्रक्रियाबाट चयन हुने नयाँ नेतृत्वका लागि आवश्यक स्वीकृति, एन्फाको निलम्बन फुकुवा, संघको स्वच्छता र संस्थाको स्वाधीन निर्णय कार्यान्वयनका लागि बैठकले सम्बन्धित सबै पक्षसँग अनुरोध गरेको छ ।

बैठकले आगामी माघमा एन्फा यू–१५ फेस्टिभल आयोजना गर्ने निर्णय गर्दै उपाध्यक्ष विराटजंग शाहीलाई संयोजक तोकेको छ । लिखित रूपमा माग गरिएको विवरणबारे अध्यक्ष र महासचिवले कार्यसमितिलाई जवाफ नपठाएको भन्दै तीन दिनभित्र सत्यतथ्य विवरण पेस गर्न पुनः अनुरोध गर्ने निर्णय पनि भएको छ । निमित्त महासचिव भट्टराईलाई एन्फा कार्यालय सञ्चालन, पत्राचार र नियमित प्रशासनिक गतिविधि अघि बढाउन आवश्यक अधिकार प्रदान गरिएको छ ।

त्यस्तै, स्थगित एन्फा शनिबारे प्रशिक्षण कार्यक्रम पुनः सञ्चालन गर्ने, एन्फाद्वारा सञ्चालित एकेडेमीहरूको अवस्था र सञ्चालनका लागि आवश्यक बजेट तथा कार्यक्रमबारे सचिवालयमार्फत प्रतिवेदन पेस गर्न निर्देशन दिने निर्णय बैठकले गरेको छ । संघको नियमित कामका लागि आवश्यक सामग्री फिर्ता गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने र दसौँ राष्ट्रिय खेल महोत्सवमा फुटबलतर्फका प्राविधिक विषयमा समन्वय गर्ने निर्णय पनि भएको छ ।

बैठकले फिफा यू–१५ फेस्टिभलमा सहभागी खेलाडी र प्रशिक्षकलाई जनही ५० हजार तथा अफिसियललाई जनही ३० हजार रुपैयाँ नगद पुरस्कार दिने निर्णयसमेत गरेको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनी क्वालिफायरमा, लिग चरणबाटै बाहिरियो विराटनगर
छठ : सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाउन प्रहरी महानिरीक्षकको निर्देशन
शिवसताक्षीमा कारको ठक्करले मोटरसाइकल चालकको मृत्यु
 
कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
फिल्मको दृश्यमा पक्राउ, फेसबुकमा हर्कको प्रश्न !
एन्फाको अर्ली इलेक्सन गर्ने निर्णय बदर, नियमित निर्वाचन प्रक्रिया अघि बढाउने
‘मधेशमा परिवर्तनको अनुभूति नभए अर्को पटक भोट माग्न आउँदिनँ’
एनपीएलमा लुम्बिनीले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो
सलमानको ‘मातृभूमि’ : चर्चामा नेपाली अभिनेता अनुपविक्रम शाही
मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु, दाबी पेस गर्न आह्वान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.