फिल्मको दृश्यमा पक्राउ, फेसबुकमा हर्कको प्रश्न !

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २८, शनिबार १८:१३

विराटनगर । फिल्मको एउटा प्रचारात्मक दृश्यले सामाजिक सञ्जालमा यस्तो चर्चा पाउला भन्ने सायद निर्माण टोलीले पनि सोचेको थिएन । तर अभिनेत्री गौरी मल्ल र हास्यकलाकार मनोज गजुरेलसहितका कलाकारलाई प्रहरीले नियन्त्रणमा लिएको दृश्यले श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङलाई समेत झुक्याएको देखियो ।

साम्पाङले आफ्नो फेसबुक पेज ‘हर्क साम्पाङ ए रिभोलुसन’मा गौरी मल्ल र मनोज गजुरेललाई किन पक्राउ गरिएको भन्दै सरकारसँग जवाफ मागेका थिए । उनले लेखेका थिए, ‘गौरी मल्ल, मनोज गजुरेल आदिलाई किन पक्राउको ? सरकार… जवाफ दे !’

तर उक्त दृश्य वास्तविक पक्राउको थिएन । नेपाली फिल्म ‘ककाकिकी’ को ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मको प्रचारका लागि प्रहरीको पोसाकमा आएका व्यक्तिहरूले कलाकारलाई नियन्त्रणमा लिएको दृश्य प्रस्तुत गरेका थिए । फिल्मको कथासँग जोडिएको उक्त दृश्यलाई साम्पाङले वास्तविक घटना ठानेर प्रश्न उठाएका थिए ।

उनको पोस्टमा प्रतिक्रिया दिनेहरूले भने वास्तविकता सम्झाउन थाले । एक प्रयोगकर्ताले ‘यिनलाई ठीक बनाइदेऊ प्रभु’ भन्दै व्यङ्ग्य गरेका छन् । अर्का प्रयोगकर्ताले सांसदको जिम्मेवारीमा रहेका व्यक्तिले यस्तो पोस्ट गर्नु उपयुक्त नभएको आशय व्यक्त गरेका छन् ।

यस घटनाले सामाजिक सञ्जालमा सांसदको जिम्मेवारी र सूचना पुष्टि नगरी धारणा सार्वजनिक गर्ने प्रवृत्तिबारे प्रश्न उठाएको छ । सामान्य प्रयोगकर्ताले गरेको गल्ती र सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिले गरेको हतारो एउटै हुँदैन भन्ने टिप्पणी पनि यस प्रसंगमा सान्दर्भिक देखिन्छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनी क्वालिफायरमा, लिग चरणबाटै बाहिरियो विराटनगर
छठ : सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाउन प्रहरी महानिरीक्षकको निर्देशन
शिवसताक्षीमा कारको ठक्करले मोटरसाइकल चालकको मृत्यु
 
कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
फिल्मको दृश्यमा पक्राउ, फेसबुकमा हर्कको प्रश्न !
एन्फाको अर्ली इलेक्सन गर्ने निर्णय बदर, नियमित निर्वाचन प्रक्रिया अघि बढाउने
‘मधेशमा परिवर्तनको अनुभूति नभए अर्को पटक भोट माग्न आउँदिनँ’
एनपीएलमा लुम्बिनीले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो
सलमानको ‘मातृभूमि’ : चर्चामा नेपाली अभिनेता अनुपविक्रम शाही
मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु, दाबी पेस गर्न आह्वान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.