फाइल तस्बिरविराटनगर । मोरङको लेटाङमा जंगली हात्तीले घर भत्काएर क्षति पुर्याएको छ । लेटाङ नगरपालिका–९ बाह्रगोठेका जनकबहादुर लिम्बूको काठ र जस्ताले बनेको एकतले घरमा हात्तीले क्षति पुर्याएको हो ।
प्रहरीका अनुसार आइतबार राति करिब ११ बजेतिर आएको जंगली हात्तीले घरको बरण्डा र कोठा भत्काएको थियो । घटनाका बारेमा सोमबार बिहान ३ः३० बजे जानकारी प्राप्त भएपछि प्रहरी चौकी जाँतेबाट टोली खटिएको थियो ।
प्रहरी पुग्दा हात्ती जंगलतर्फ गइसकेको थियो । घटनामा मानवीय क्षति नभएको र अन्य क्षतिसमेत नदेखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाका बारेमा थप बुझ्ने काम भइरहेको छ ।

























