
विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा एकै दिन सोमबार १७ वटा सवारी दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । दुर्घटनामा घाइते हुनेमध्ये अधिकांशको अवस्था सामान्य रहे पनि एक बालकको अवस्था गम्भीर छ ।
प्रहरीका अनुसार दुर्घटना मोरङ, सुनसरी, झापा र संखुवासभामा भएका हुन् । मोरङमा ९, झापामा ४, सुनसरीमा ३ र संखुवासभामा एउटा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल, स्कुटर, बस, कार, अटो, सिटी सफारी, भ्यान र बोलेरो संलग्न छन् । सुनसरीको रामधुनी नगरपालिका–२ तित्रीवनमा मोटरसाइकलको ठक्करबाट १० वर्षीय पवन मोची गम्भीर घाइते भएका छन् । उनको विराटनगरमा उपचार भइरहेको छ ।
अन्य दुर्घटनामा बालबालिका, महिला र पुरुष घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका कारणमा तीव्र गति, मादक पदार्थ सेवन, लापरबाही, गलत तरिकाले ओभरटेक, लेन अनुशासन उल्लंघन र जथाभावी बाटो काट्नेलगायत रहेका छन् ।
केही दुर्घटनामा चालकले मादक पदार्थ सेवन गरेको पाइएको छ । प्रहरीले दुर्घटनामा संलग्न सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाएको छ ।
यस्तो छ दुर्घटनाको पूरा विवरण

























