सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

Share this
650shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १, मंगलबार १५:३६
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

काठमाडौं । सिन्धुलीमा सामान्य घरायसी विवादका क्रममा ढुंगाको लोहोरोले टाउकोमा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कमलामाई नगरपालिका–१० डाँडाटोलका ४१ वर्षीय मनोज कार्की रहेका छन्। उनले मंसिर १ गते राति १ बजेतिर (मंगलबार बिहानका राति) सामान्य विवादका क्रममा ३९ वर्षीया श्रीमती सानुकुमारी कार्कीको टाउकोमा ढुंगाको लोहोरो प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । लोहोरोको प्रहारबाट गम्भीर घाइते भएकी सानुकुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे राति करिब १ः१५ बजेतिर जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनामा संलग्न मनोजलाई नियन्त्रणमा लिएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.